काठमाडौंमा ‘२७ औँ फ्लोरा एक्स्पो’ आयोजना

काठमाडौं । फ्लोरिकल्चर एशोसिएसन नेपाल (फ्यान) ले चैत ५–८ गते काठमाडौंको भृकुटीमण्डप प्रदर्शनी हलमा ‘२७ औँ फ्लोरा एक्स्पो - २०८२’ आयोजना गर्न लागेको छ। ‘स्वच्छ वातावरण, रोजगारी र आर्थिक समृद्धिका लागि पुष्प व्यवसाय’ मूल नाराका साथ हुने एक्स्पोमा ८२ स्टल, ५०० भन्दा बढी फूल, फलफूल र आलंकारिक बिरुवा, गमला, अर्गानिक मल र आधुनिक बगैँचा उपकरणको प्रदर्शन हुनेछ।

एक्स्पोमा उत्कृष्ट स्टल, उत्कृष्ट मौसमी फूल, उत्कृष्ट आलंकारिक बिरुवा र कट फ्लावर विधामा पुरस्कार प्रदान गरिनेछ। पुष्प व्यवसायी, नव उद्यमी र उपभोक्ताबीच प्रत्यक्ष सम्पर्क र बजार विस्तारको अवसर समेत उपलब्ध हुनेछ। आयोजकले अनुमान गरेका अनुसार करिब ६० हजार अवलोकनकर्ता र १ करोड २० लाख रुपैयाँभन्दा बढीको कारोबार हुने अपेक्षा छ।

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत


प्रतिक्रिया थप्नुहोस्

लोकप्रिय

ताजा समाचार

सबै

धेरै पढिएको

सबै

प्रविधि

सबै

समाचार

सबै

पशुपन्छी

सबै

↑