कृषि तथा पशुपन्छी विकास मन्त्रालयअन्तर्गत कृषि विभागको केन्द्रीय कृषि प्रयोगशालाको विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला एकाइ, कालीमाटीले असोज २९ गते गरेको परीक्षणमा ती नमुनामा विषादीको अवशेष निर्धारित मापदण्डभित्र रहेको पाइएको हो ।
प्रयोगशालाले सार्वजनिक गरेको विवरणअनुसार काठमाडौं, धादिङ, मकवानपुर र दोलखाका विभिन्न स्थानबाट संकलित तथा भारतबाट आयात गरिएका फलफूल र तरकारीका नमुना परीक्षण गरिएको थियो ।
परीक्षण गरिएका नमुनामा काठमाडौं महानगरपालिकाबाट संकलित काउली, काठमाडौंको काँठ क्षेत्रबाट संकलित रायो साग, धादिङको धुनिबेँसी नगरपालिकाबाट संकलित घिरौंला, मकवानपुरको थाहा नगरपालिकाबाट संकलित काउली, दक्षिणकाली नगरपालिकाबाट संकलित गाजर र डल्ले खुर्सानी रहेका छन् ।
त्यसैगरी भारतबाट आयात गरिएको गोलभेँडा, परवल र लौका तथा दोलखाको भिमेश्वर नगरपालिकाबाट संकलित वनकरेला पनि परीक्षणमा उपभोगयोग्य पाइएको प्रयोगशालाले जनाएको छ ।
प्रयोगशालाको विवरणअनुसार परीक्षण गरिएका सबै १० नमुनालाई उपभोगयोग्य वर्गमा राखिएको छ । विषादीको अवशेष परीक्षण गर्दा निर्धारित सीमाभित्र पाइएमा उपभोगयोग्य मानिन्छ ।
2026-10-18-05-10-50.jpeg)













प्रतिक्रिया थप्नुहोस्