मकवानपुरदेखि चितवनसम्मका १० नमूनाका तरकारी उपभोगयोग्य

काठमाडौं, २३ असोज । कालीमाटीस्थित विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला एकाइले परीक्षण गरेका १० नमूनाका फलफूल तथा तरकारी उपभोगयोग्य रहेको पाइएको छ ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयअन्तर्गत कृषि विभागको केन्द्रीय कृषि प्रयोगशाला, विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला एकाइ कालीमाटीले असोज २३ गते परीक्षणको नतिजा सार्वजनिक गर्दै विभिन्न स्थानबाट संकलन गरिएका १० नमूनाका तरकारीमा विषादीको अवशेष उपभोगयोग्य सीमाभित्र रहेको जनाएको हो ।

प्रयोगशालाले सार्वजनिक गरेको विवरणअनुसार मकवानपुरको थाहा नगरपालिका, धादिङको थाक्रे गाउँपालिका, काठमाडौंको चन्द्रागिरि नगरपालिका तथा दक्षिणकाली नगरपालिका, दोलखाको मिम्भर नगरपालिका र चितवनबाट संकलन गरिएका तरकारीका नमूना परीक्षण गरिएको थियो ।

परीक्षण गरिएका नमूनामा काउली, खुर्सानी, कंक्रो, गोलभेंडा, बोडी, बन्दागोभी, मुला, भान्टा र लौका लगायतका तरकारी रहेका छन् । सबै १० नमूनाको परीक्षण नतिजामा उपभोगयोग्य उल्लेख गरिएको छ ।

प्रयोगशालाले विषादी अवशेषको प्रतिशतका आधारमा तरकारीलाई तीन वर्गमा वर्गीकरण गरेको छ । ३५ प्रतिशतभन्दा कम विषादी अवशेष भएका तरकारी उपभोगयोग्य, ३५ देखि ४५ प्रतिशतसम्म अवशेष भएका तरकारी केही दिन क्वारेन्टाइनमा राखेर पुनः परीक्षण गर्नुपर्ने र ४५ प्रतिशतभन्दा बढी अवशेष भएका तरकारी विसर्जन गर्नुपर्ने व्यवस्था उल्लेख गरिएको छ ।

प्रयोगशालाले परीक्षण विवरणमा उल्लिखित नमूनामा कार्बामेट र अर्गानोफस्फेट समूहका कीटनाशक विषादीको मात्र परीक्षण गरिएको स्पष्ट पारेको छ । अन्य विषादी तथा रसायनको हकमा भने यो नतिजा लागू नहुने जनाएको छ ।

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत


प्रतिक्रिया थप्नुहोस्

लोकप्रिय

ताजा समाचार

सबै

धेरै पढिएको

सबै

प्रविधि

सबै

समाचार

सबै

पशुपन्छी

सबै

↑