तनहुँमा बर्डफ्लुको जोखिम बढ्दै, उच्च सतर्कता अपनाउन आग्रह

दमौली (तनहुँ), २५ असार । तनहुँमा बर्डफ्लु संक्रमण भित्रिन सक्ने जोखिम बढेको भन्दै भेटेरिनरी अस्पताल तथा पशु सेवा कार्यालय तनहुँले जिल्लाभर उच्च सतर्कता अपनाउन कृषक, पक्षी व्यवसायी, उपभोक्ता तथा सरोकारवालालाई आग्रह गरेको छ ।

कार्यालयका प्रमुख रविनसन अधिकारीका अनुसार पन्छी तथा पक्षीजन्य उत्पादनको आवतजावतका कारण जिल्लामा बर्डफ्लु भित्रिने सम्भावना रहेकाले आवश्यक सावधानी अपनाउन सबै पक्षलाई अनुरोध गरिएको हो ।

कार्यालयले अण्डा राख्न प्रयोग गरिएका पुराना क्रेट पुनः प्रयोग नगर्न, पन्छी ढुवानी गर्ने सवारी साधनलाई अनिवार्य रूपमा निसङ्क्रमण गर्न तथा कागलगायत जङ्गली पक्षी घरपालुवा पक्षी वा तिनको दानासँग सम्पर्कमा आउन नदिन आग्रह गरेको छ ।

त्यसैगरी, दाना तथा पक्षीजन्य सामग्री ओसारपसार गर्दा भेटेरिनरी प्रमाणपत्र लिएर मात्र ढुवानी गर्न, अन्य सङ्क्रामक रोगविरुद्ध नियमित खोप लगाउन तथा जैविक सुरक्षा (बायोसेक्युरिटी) का मापदण्ड कडाइका साथ पालना गर्न पनि कार्यालयले अनुरोध गरेको छ ।

यदि कुनै फार्ममा बर्डफ्लु संक्रमण पुष्टि भएमा मरेका पन्छीलाई तत्काल गहिरो खाडलमा पुरेर सुरक्षित व्यवस्थापन गर्न, फार्मलाई पूर्ण रूपमा निसङ्क्रमण गर्न तथा प्राविधिकको सल्लाहअनुसार रोग नियन्त्रणका सबै उपाय अवलम्बन गर्न कार्यालयले आग्रह गरेको छ ।

बर्डफ्लु अत्यन्त सङ्क्रामक रोग भएकाले यसको संक्रमण फैलिन नदिन सबैले उच्च सतर्कता अपनाउन कार्यालयले जनाएको छ ।

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत


प्रतिक्रिया थप्नुहोस्

लोकप्रिय

ताजा समाचार

सबै

धेरै पढिएको

सबै

प्रविधि

सबै

समाचार

सबै

पशुपन्छी

सबै

↑