काठमाडौँ, २८ माघ । नेपालमा च्याउ खेती विसं २०३१ सालमा कृषि विभाग अन्तर्गतको वाली रोग विज्ञान महाशाखा खुमलटार, काठमाडौंबाट सुरु गरिएको थियो । त्यसबेला च्याउ खेती बारे ४–५ जनालाई तालिम दिइएको थियो । यसरी ४–५ जनाबाट सुरु गरिएको च्याउ खेती हाल आएर देशैभर गर्न थालिएको छ । हाल नेपालमा गोब्रे, कन्य, पराले र सिताके लगायतका जातका च्याउ उत्पादन हुन्छ । च्याउमा पाइने पौष्टिक तत्वका कारण पनि यसको महत्त्व उच्च छ । शरीरलाई आवश्यक पर्ने १२ तत्व च्याउमै पाइने वैज्ञानिक तथ्य छ । विश्वभर महत्वका साथ हेरिने च्याउलाई नेपाली उपभोक्ताले पनि मन पराएका छन् ।
यसरी च्याउको कारोबार वर्षेनी बढ्न थालेपनि व्यवसायिक च्याउ उत्पादन गर्ने किसान भने धरासयीमा पर्न थालेका छन् । पछिल्लो समय भारतबाट आयातित च्याउले बजार कब्जा गर्दा नेपाली किसान मर्कामा परेका हुन् । आज हामीले नेपाली च्याउ उत्पादनको अवस्था, समस्या र समाधानका उपाय लगायतका विषयलाई लिएर च्याउ उत्पादक किसान संघ नेपालका अध्यक्ष सन्तोष कार्कीसँग कुराकानी गरेका छौं ।
अहिलेको नेपालको च्याउमा लगानी, बीउबीजनदेखि खान योग्य च्याउको बजारको अवस्था कस्तो छ ?
नेपालमा पछिल्लो समय च्याउको माग बढ्दो छ । आयात र स्वदेशी उत्पादन गरी करिब वार्षिक ३ अर्बको कारोबार गर्छ भने च्याउ व्यवसायले ३५ हजार रोजगारी सिर्जना गरेको छ । प्रत्यक्ष ५ हजारको हाराहारीमा श्रमिक रहेका छन् । यता कन्य च्याउमा नेपाल लगभग आत्मनिर्भर छ । कन्य च्याउ बाहेक अरु च्याउमा भने नेपाल आत्मनिर्भर हुन सकेको छैन । अहिले पनि फ्रेस गोलो च्याउ ५ हजारदेखि १० हजार केजी भारतबाट आयात भइरहेको छ । नेपालमा ३० देखि ३५ हजार केजी उत्पादन हुन्छ । यता सिताके च्याउ काठको मुढामा उत्पादन गर्नु पर्ने भएका कारण धेरै बजारमा पाइँदैन । त्यसैगरी दुधे च्याउ तराईमा मात्र उत्पादन हुने भएका कारण कमै मात्रामा उत्पादन भइरहेको छ । यसरी नेपालमा च्याउ उत्पादन बढ्दै गएको पाइन्छ । तर नेपालमा च्याउ प्रवद्र्धनमा सरकारले भने खासै भूमिका खेल्न सकेको छैन । नेपालमा च्याउको सम्भावना धेरै रहेको भन्दै च्याउ उत्पादन र प्रवद्र्धनमा सरकारले ध्यान दिनुपर्ने भन्दै च्याउ उत्पादक किसानहरूले माग गर्दै आएका छन् । च्याउ प्रवदर््धनका लागि च्याउ उत्पादकहरूको संस्था च्याउ उत्पादक किसान संघ नेपाल सक्रिय रूपमा लागिरहेको छ ।
विगतको तुलनामा च्याउको उत्पादन गर्ने किसानको अवस्था कस्तो पाउनु भएको छ ?
विगतको तुलनामा च्याउ व्यवसायीकरणमा ठूलै फड्को मारिसकेको अवस्था छ । तर नेपालमै उत्पादन हुँदाहुँदै पछिल्लो समय भारतबाट च्याउ आयात हुँदा नेपाली किसान मर्कामा परेका छन् । किसानहरु धमाधम च्याउ व्यवसायबाट पलायन हुन थालेका छन् । नेपालको कृषि क्षेत्रलाई हेर्ने दृष्टिकोण, अनुदान प्रक्रिया, नीति नियमले गर्दा व्यवसायिक च्याउ खेती गर्न नसकिने अवस्था भएका कारण व्यवसाय गर्ने किसान घट्दो अवस्थामा छन् । अझ भारतबाट आयत हुँदा झन् मर्कामा परिरहेका छन् । अरु भन्दा पनि गोलो च्याउ खेती गर्ने किसान विस्थापित भइरहेका छन् । पहिलाकोभन्दा च्याउको माग बढ्दो छ । काठमाडौँ, कालीमाटीदेखि कोटेश्वर, बानेश्वर, जडिबुटी, गठ्ठाघर, चाबहिल, जोरपाटी, टुकुचा, बालाजुलगायत थुप्रै बजारमा च्याउको माग बढ्दो छ । आधुनिकीकरणको प्रक्रिया पनि सुरु भएका छन् । नयाँ–नयाँ प्रविधि च्याउमा भित्रिएको छ । युट्युब हेरेर पनि खेती गर्ने किसान पनि भेटिन थालेका छन् । सामान्यदेखि यार्चागुम्बा प्रजातिकासम्म च्याउ नेपाली बजारमा पाइन्छन् । माहौल राम्रो बनेको छ । तर व्यवस्थित भने अझै गर्नुपर्नेछ । र, भारतीय आयातलाई रोक्नु पर्छ, नभए नेपालमा च्याउदेती विलाएर जान्छ ।
प्रतिस्पर्धात्मक बजारमा उपभोक्ताले जहाँ सस्तो मूल्यमा च्याउ पाउँछन् । त्यहि किनेर खान्छन् । नेपालमा उत्पादित च्याउ महँगो हुन्छ, कसरी ? र, किन नेपालले भारतीय च्याउसँग प्रतिस्पर्धा गर्न नसकेको हो ?
अरु देश र हाम्रो देशमा सरकारको कृषिलाई हेर्ने दृष्टिकोण फरक छ । उदाहरणको रूपमा हाम्रो छिमेकी राष्ट्र भारतको नै कुरा गर्ने हो भने भारतमा औद्योगिकीकरण गर्न ४० देखि ८० प्रतिशत च्याउलाई आवश्यक गर्ने औजारमा अनुदान दिने गरेको छ । च्याउका लागि आवश्यक हुने कच्चा पदार्थ पनि धेरै सस्तो हुन्छ । श्रम शक्ति सस्तो, हाई टेक टनेलको निर्माणका लागि सस्तो पर्छ । तर नेपालमा सबै चिज मंहगो पर्न जान्छ । अनि कसरी नेपाली किसानले प्रतिस्पर्धा गर्न सक्छन् रु भारत सरकारले जस्तै कृषिमा सहुलियत दिओस् त नेपाल सरकारले । त्यसपछि नेपाली किसानले भारतीय तरकारीसँग राम्रोसँग प्रतिस्पर्धा गर्न सक्छन् । उत्पादन लागत नै धेरै पर्न जाने हुँदा नेपाली किसानहरुले सधैँ घाटा खाएर त व्यवसाय गर्न सक्दैनन् । त्यसपछि च्याउ व्यवसायबाट विस्थापित हुने बाहेक अरु उपाय छैन ।
भारतबाट आयात हुँदा गोलो च्याउ मात्र प्रभावित भएको हो कि अरु च्याउमा पनि असर गरिरहेको छ ?
सबै च्याउमा असर पर्छ । तर अहिले भारतबाट धेरै आयात भइरहेको च्याउ भनेको गोलो हो । गोलो च्याउ खेती गर्ने किसान धेरै विस्थापित हुन थालेका छन् । विश्व अहिले औधौगिकिकरणमा गएको छ । अन्य देशमा आधुनिक प्रविधिको प्रयोग गरेर च्याउ उत्पादन गर्ने गरिन्छ । हाम्रो देशमा अझै पनि किसानहरुले प्रकृतिको भर पर्नु पर्ने अवस्था छ । गर्मी भयो भने पहाट चढ्ने जाडो भयो भने तराई झर्नु पर्ने अवस्था छ । अझै पनि हामीले उपयुक्त वातावरण बनाएर हाइटेकमा जान सकेका छैनौं । कोल्ड स्टोरको एकदमै समस्या छ । च्याउ २४ घण्टा भित्र बिक्री गरेनौँ भने सबै बिग्रिन्छ ।
एकातिर धेरै राम्रो छ अवसर छ भन्नु भयो, अर्को तर्फ किसान विस्थापित हुन थाले पनि भन्नु भयो । खासमा तपाई अवसर र चुनौतीलाई कसरी हेर्नुहुन्छ ?
च्याउ उत्पादनको क्षेत्रमा हाल अवसर नै अवसरको अवस्थाका रूपमा चित्रण गर्न सकिने अवस्था छ । नेपालमा लाख रुपैयाँ तोलामा पाइने म्याजिक मसरुम भनिने जंगली च्याउदेखि सजिलै घरमा सजिलै उत्पादन गर्न सकिने च्याउसम्म पाइन्छन् । ५८ हजार रुपैयाँ भारुमा बिक्री हुने गुची च्याउ पनि नेपालमै पाइन्छन् । यार्सागुम्बा पनि च्याउ वर्गमै पर्छन् । उत्पादनका सम्भावना छ । विज्ञहरू पनि कन्य, सिताके, गोब्रे च्याउ बरु आयात गरेर खाऔँ, महँगो मूल्यका च्याउ उत्पादन गरौँ भन्नुहुन्छ । यो सबै अवसरकै कुरा हो । तर, चुनौती यस मानेमा छ कि यस विषयमा हाम्रो अध्ययन केन्द्र खै रु कहाँ कुन च्याउ उत्पादन गर्ने भन्ने सरकारी अध्ययन खै रु परेको बेला प्राविधिक सेवा खै रु अनि बजार पनि त व्यवस्थित हुनुपर्यो । हामी एक्लैले त सक्दो उत्पादन गर्ने हो, गरेकै छौं । सरकारले अहिलेसम्म च्याउ उत्पादन गर्ने किसानलाई कहाँ सहयोग गरेको छ रु यतिका अवसर हुँदा हुँदै सरकारले चै चासो राख्न पर्दैन रु यी कुराहरूमा सरकारको ध्यान जाओस् भनेर नै बारम्बार स्थानीय तहदेखि कृषि मन्त्रालयसम्मलाई माग पत्र बुझाउँदै हिँडिरहेका छौं । खै सुनुवाइ भएको ?
तपाईँहरूले कस्ता कस्ता माग राख्नु भएको छ ?
हामीले फ्रेस च्याउ भारतीय आयात रोक्नुका साथै १८ वटा बुद्ध माग राखेका छौं । नेपालमा च्याउ खेती नगदेवालीको रूपमा अत्यधिक सम्भावना बोकेको क्षेत्रका रूपमा परिचित छ । च्याउ विशेष गरी साहाकारीहरूको लागि प्रोटिनको प्रमुख स्रोत बनेको छ । तर विडम्बना मान्नुपर्छ कि अहिले भारतमा सस्तो कच्चा पदार्थ तथा अनुदानमा उत्पादित च्याउ त्यहाँको बजारमा खपत नहुने अवस्थामा नेपालमा लुकी छिपी पैठारी गरिनुले नेपाली च्याउ उत्पादक किसान विस्थापित हुने अवस्था आएको छ भने अर्को तर्फ ठुलो मात्रामा धनराशी भारत पुगिरहेको छ । गुणस्तरहीन र उच्च मात्रामा विषादी प्रयोग भएको भारतीय च्याउ उपभोग गर्न नपोली उपभोक्ता बाध्य छन् । यो कुरा कसले हेर्ने रु सस्तोमा उत्पादन गरेको च्याउसँग नेपाली किसानले प्रतिस्पर्धा गर्न सक्ने अवस्था छैन । त्यसले गर्दा अधिकांश च्याउ किसान यति बेला च्याउ उत्पादन गर्न छोडेर बिदेसिनु पर्ने बाध्यतामा पुगेका छन् । सरकारले आत्मनिर्भर अर्थतन्त्रको वकालत गर्दै किसानको अवस्था सुधारको लागि अनेकौँ प्रयत्न गरेको सन्दर्भमा पनि भारतीय च्याउको अनधिकृत आयातको कारण नेपाली च्याउ किसानहरू विस्थापित हुनुपर्ने जस्ता लज्जास्पद घटना के होलारुत्यसमाथि भारतीय च्याउमा प्रयोग हुने उच्च विषादीको कारण आम नेपाली उपभोक्ताहरूको स्वास्थ्यमा परिरहेको प्रतिकुल असरको बारेमा कसले चिन्ता गर्ने रुयो अवस्थालाई गम्भीरतापूर्वक महसुस गरी तत्कालै विभिन्न कदम चालिदिनको लागि माग गरेका छौं । जुन माग म बुद्धागत रुममा प्रस्ट्याउँछु ।
१. भारतबाट आयातित च्याउहरू तत्काल बन्द गरियोस् ।
२. पहुँचवालालाई दिँदै आएको अनुदान रोकी उत्पादनमा आधारित भई वास्तविक किसानलाई अनुदान वितरण गरियोस् ।
३. अत्याधुनिक च्याउ फार्महरूको विकास र विस्तारको लागि सहजपुरमा कृषि कर्जा उपलब्ध गरियोस्।
४. च्याउ बिमालाई प्रभावकारी रूपमा सबै किसानले पाउने व्यवस्था गरियोस् ।
५. च्याउ व्यवसायजन्य भौतिक अवस्था प्राकृतिक विपत्ति तथा स्वास्थ्य सुरक्षाको ग्यारेन्टी गरियोस्।
६. च्याउ विकास बोर्ड यथाशीघ्र गठन गरियोस् ।
७. उत्पादन पछिको व्यवस्थापनको लागि ९ पोष्ट हार्वेष्ट० विशेष व्यवस्था गरियोस् ।
८. च्याउ नीति तत्काल बनाई कडाईका साथ लागु गरियोस् ।
९. च्याउ कल्चर उत्पादन तथा संरक्षण सरकारी स्तरबाट हुनुपर्ने वा मरकोरको नियन्त्रणमा रहेको निजी केन्द्रबाट गर्ने गराउने व्यवस्था गरियोस्।
१०. समय सीमा निर्धारण गरी च्याउजन्य सामाग्री ढुवानी गर्ने व्यवस्था मिलाइयोस्।
११. च्याउ यान्त्रीकरणका लागि आवश्यक पूर्वाधार तथा मेशिनहरूमा अनुदानको व्यवस्था गरियोस् ।
१२. प्रत्येक तरकारी बजारहरूमा च्याउ विक्री कक्षहरू तथा चिस्यान केन्द्रको व्यवस्था गरियोस् ।
१३. उत्पादन लागतको आधारमा बजार मूल्य कायम गरियोस् ।
१४. कल्चर बैङ्क स्थापना गरियोस् ।
१५. उपयोगविहीन सरकारी जग्गाहरू च्याउ किसानको लागि निश्चित समयसम्म उपयोग गर्ने गरी भाडामा उपलब्ध गरायोस्।
१६. पी.पी.पी. मोडेलमा सञ्चालन हुनेगरि च्याउ क्षेत्र स्थापना गरियोस् ।
१७. आधुनिक रूपमा च्याउ खेतीको देश भरी नै तालिमहरू सञ्चालन गरियोस् ।
१८. नेपाल सरकारका सुरक्षा निकाय र अङ्गहरूमा प्रत्येक हप्ता कम्तीमा चार छाक च्याउ सेवन गर्ने गराउने व्यवस्था मिलाइयोस्।
राम्रा राम्रा मागहरू उठाउनु भएको रहेछ । सुनुवाइ हुने कुरामा कतिको आशावादी हुनुहुन्छ ?
सुनुवाइ हुन्छ भन्ने आस त छैन । नरपति हामी पछि हट्दैनौँ । च्याउ उत्पादक संघ २०६१ सालमा स्थापना भयो । २०६८/६९ सालदेखि नै विभिन्न खल्का माग उठाउँदै आएका छौं । ज्ञापन पत्र बुझाउने सिलसिला त्यतिखेरदेखि अझै पनि जारी छ । २०७६ पुस ९ गतेदेखि देशभर काक भित्तादेखि च्याउको पौष्टिक तत्त्वको बारे जनचेतना जगाउँदै देशभर राष्ट्रिय च्याउको जागरण अभियान २१ दिनसम्म सञ्चालन ग¥यो । माग पत्र स्थानीय निकायदेखि कृषि मन्त्रालयसम्म पनि बुझाएका छौं । तर नेपालमा कृषिलाई हेर्ने दृष्टिकोण नीतितिर्माताहरुको राम्रो नभएका कारण हामी सफल भएका छैनौँ । तर हामी निरन्तर लागी पछौं । जमिनदेखि कच्चा पदार्थको आपूर्ति, बीउको आपूर्ति र बजारीकरणका विषयमा जे जसो काम गरेका छौं, हामी आफैँले गरेका छौं । सरकारले अर्बौँ रुपैयाँ अनुदानका रूपमा बाँड्छ तर च्याउ प्रवर्द्धनमा वास्ता नै गरेको छैन । यसले गर्दा हामीलाई प्रतिस्पर्धात्मक बजारमा अगाडि बढ्न चुनौती थपिएको छ । हामीले एकातिर रोजगारी सिर्जनाको काम गरिरहेका छौं भने अर्कातिर अर्थतन्त्रमा पनि योगदान गरिरहेका छौं । त्यसमाथि उपभोक्ताको स्वास्थ्यका लागि पनि यो महत्त्वपूर्ण छ । हामीले सरकारले धेरै गरोस् पनि भनेका छैनौं । सरकारले अभिभावकत्वको भूमिका खेलोस् भन्ने हो । कम्तीमा च्याउलाई हेर्ने छुट्टै निकाय र नीति बनोस् भन्ने हाम्रो माग हो ।
माग पुरा भएन भने के गर्नु हुन्छ ?
अहिले हामीले माग पत्र बुझाउँदै हिँडेका छौँ । त्यसका साथै किसनहरुलाई एकजुट बनाउने काम गरिरहेका छौँ । अब किसान क्रान्ति हुने गरी आन्दोलन हुन्छ । त्यसका लागि व्यापक छलफल भइरहेको छ । अबका दिनमा सरकारले गम्भीर भएर ध्यान नदिए आन्दोलन हुन्छ । किसान आयोगलाई पनि ज्ञापन पत्र बुझाएका छौं । आयोगले अबको १५ दिन भित्र समस्याहरू अन्तरक्रिया मार्फत राख्ने गरी छलफल हुन्छ, भन्नु भएको छ । हाम्रो माग सम्बोधन भए ठिक छ हैन भन्ने आन्दोलन हुन्छ ।














