५०-६० दिनमै तयार हुन्छ ग्याँठकोपी, कुन जात र मौसम उपयुक्त ?

ग्याँठकोपीका जातहरु
नेपा बल : यो बर्णशङ्कर जात हो । २०६६ सालमा पञ्जीकृत यो जातको बनी रोपेको ४० देखि ५० दिनमा बाली लिन सकिन्छ । सरदर उत्पादन अमता १५ टन प्रति हेक्टर भएको यो जात तराई तथा पहाडी क्षेत्रमा खेती गर्नको लागि सिफारिस गरिएको छ ।
सम्राट : यो खुल्ला परागसेचन हुने जात हो । २०६७ सालमा पञ्जीकृत यो जातको बेर्ना रोपेको ६० दिनमा बाली लिन सकिन्छ । सरदर उत्पादन क्षमता १५ टन प्रति हेक्टर भएको यो जात मध्य पहाडी क्षेत्रमा खेती गर्नको लागि सिफारिस गरिएको छ ।
हावापानी र माटो
यो चिसो मौसमको तरकारी बाली भएकोले यसले ठण्डी सहन्छ तर गर्मी सहँदैन । बिउ उम्रनको लागि १५ देखि २५ डिग्री सेल्सियस तापक्रम आवश्यक पर्दछ र बिरुवाको राम्रो वृद्धि विकासको लागि १०-३० डिग्री सेल्सियस तापक्रम उपयुक्त हुन्छ । यसलाई तराई तथा मध्य पहाडमा हिउँदे बाली र उच्च पहाडमा भने बर्षे वालीको रुपमा खेती गर्न सकिन्छ ।
धेरै किसिमको माटोमा ग्याँठकोपी खेती गर्न सकिने भएतापनि, पानी राम्रोसँग ग्रहण गर्न सक्ने, खुकुलो र प्रसस्त प्राङ्गारिक पदार्थ भएको दुमट माटो यसको खेतीको लागि उपयुक्त हुन्छ । माटोको पी.एच. मान ५.५ देखि ६.५ हुनु राम्रो मानिन्छ ।
रोप्ने समय
उच्च पहाड : चैत्र-आषाढ
मध्य पहाड : श्रावण-आश्विन
तराई तथा खोंच/बेसी : आश्विन-मङ्सिर
बिउ र बेर्ना
४५ देखि ५० ग्राम बिउ प्रति रोपनी (९०० देखि १००० ग्राम विज प्रति हेक्टर)
५००० देखि ६००० बेर्ना प्रति रोपनी (१००००० देखि १२०००० बेनां प्रति हेक्टर)

रोप्ने दुरी
३० सेमी x २५ सेमी (लाईन-लाईन x बोट-बोट)

मलखाद
ग्याँठकोपी खेतीका लागि निम्नानुसारको मलखाद प्रयोग गर्नु पर्दछ ।

मलखादको मात्राः- १२०:८०:९० केजी नाःफःपो प्रति हेक्टर

प्रति रोपनी
प्रति कठ्ठा

प्रति हेक्टर

गोठेमल वा कम्पोष्ट १ टन ०.७ टन २० टन
युरिया १० केजी

७ केजी

 

१९५ केजी
डिएपी ९ केजी  

६ केजी

 

१७५ केजी

म्युरेट अफ पोटास ८ केजी ५ केजी १५० केजी

नाईट्रोजन मलको आधा भाग र अन्य सबै मलखाद जमिन तयारी गर्नेबेलामा प्रयोग गर्नुपर्दछ । बाँकी नाईट्रोजन लाई आधा आधा गरेर बिरुवा सारेको २० दिनमा र ३५ दिनमा बिरुवाको वरिपरि चक्का बनाई प्रयोग गर्नुपर्दछ ।
गोडमेल र सिँचाई
बेर्ना रोपेको २० दिनपछि पहिलो र ३५-४० दिनमा दोस्रो पटक गोडमेल गरी सिफारिस मात्रामा युरिया मलको टपड्रेस गर्नुपर्दछ । गोडमेल गदां विरुवामा हल्का माटो चढाउने काम गर्नुपर्दछ ।
बेर्ना रोप्नेवित्तिकै हजारीको सहायताले हलुका सिंचाई गर्नुपर्दछ । बेर्ना रोपेको एक हप्तासम्म नियमित र त्यसपछि माटोको अवस्था हेरी ४/५ दिनको फरकमा सिंचाई गर्नुपर्दछ । हरेक पटक मल राख्नेवित्तिकै सिंचाई गर्न जरुरि हुन्छ ।
उत्पादन
बेर्ना सारेको ५०-६० दिनपछि ग्याँठकोपीको बाली लिन सकिन्छ । औसतमा ८०० देखि १००० केजी प्रति रोपनी वा १६ देखि २० टन प्रति हेक्टर उत्पादन लिन सकिन्छ ।
बाली संरक्षण
काउली बाली समूहमा पर्ने सम्पूर्ण बालीहरुमा लाग्ने किरा तथा रोगहरू उस्तै भएकाले काउलीमा जस्तै किरा तथा रोगहरू पहिचान र व्यवस्थापन गर्ने ।
स्रोत :- नेपाल कृषि अनुसन्धान परिषद्
खुमलटार, ललितपुर

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत


प्रतिक्रिया थप्नुहोस्

लोकप्रिय

ताजा समाचार

सबै

धेरै पढिएको

सबै

प्रविधि

सबै

समाचार

सबै

पशुपन्छी

सबै

↑