काठमाडौं । आगामी १० दिनमा देशका विभिन्न स्थानमा वर्षा हुने सम्भावना रहेकाले धान काट्ने र सुकाउने योजना बनाउन किसानलाई आग्रह गरिएको छ।
युरोपेली मध्यम दूरी मौसम पूर्वानुमान केन्द्र (ECMWF) को मौसम पूर्वानुमानमा आधारित नक्सा सार्वजनिक गर्दै मौसमविद् विवेक सापकोटाले किसानलाई धान भित्र्याउने काम योजनाबद्ध रूपमा गर्न अनुरोध गरेका छन्।
उनका अनुसार आगामी १० दिनमा देशका विभिन्न भागमा वर्षा हुने अनुमान गरिएको छ। विशेषगरी पूर्वी भेगका विभिन्न स्थानमा जम्मा ४० मिलिमिटरसम्म वर्षा हुन सक्ने सम्भावना देखाइएको छ। धान काट्ने र सुकाउने समयमा वर्षा भएमा काटिसकेको धान भिज्ने, सुकाउन समस्या हुने र उत्पादनमा क्षति पुग्ने जोखिम रहन्छ।
त्यसैले किसानले स्थानीय मौसमको अवस्था हेरेर धान काट्ने, खेतबाट उठाउने र सुरक्षित स्थानमा सुकाउने व्यवस्था मिलाउन आवश्यक छ। मौसम पूर्वानुमानका आधारमा किसानले धान काट्ने समय निर्धारण गर्नुका साथै काटिसकेको धान सुरक्षित राख्न र सम्भावित वर्षाबाट जोगाउन सावधानी अपनाउनुपर्ने देखिन्छ।
यद्यपि, सार्वजनिक गरिएको नक्सा अक्टोबर २२ देखि नोभेम्बर १, २०२६ सम्मको सञ्चित वर्षाको पूर्वानुमान हो। यो अवधिभरको अनुमान भएकाले सबै स्थानमा एकै समयमा वा समान मात्रामा वर्षा हुन्छ भन्ने निश्चित हुँदैन। किसानले आफ्नो क्षेत्रको अद्यावधिक स्थानीय मौसम पूर्वानुमानसमेत हेर्नु उपयुक्त हुन्छ।

2026-10-18-05-10-50.jpeg)












प्रतिक्रिया थप्नुहोस्